२०८२ असार १२ बिहीबार
Jhapa Today
Adv top

हजुरआमालाई खुकुरी हान्ने भद्रपुरका सुवेदी फरार


बिर्तामोड, असार १२ । झापाको भद्रपुरमा नातिले ७२ वर्षीया हजुरआमामाथि खुकुरी प्रहार गरेका छन् । पैसा माग्दा नदिएपछि रिसको आवेगमा उनले खुकुरीले हानेका हुन् ।

खुकुरी हान्ने भद्रपुर-१० सत्रबिघेका २७ वर्षीय महेश सुवेदी हुन् । हाल उनी फरार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार उनले आज बिहान अन्दाजी ५ बजे सोही ठाउँ बस्ने ७२ वर्षीया आफ्नै हजुरआमा थिनमाया सुवेदीलाई खुकुरीले हानेका थिए ।

हजुरआमाको घरमा आएर पैसा माग्दा नदिएपछि रिसको आवेगमा खुकुरी प्रहार गरी थिनमायालाई घाइते बनाएका हुन् । थिनमाया घरमा एक्लै बस्दै आएकी थिइन् ।

घाइतेलाई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ । उनको चिउडो काटिएको छ । खुकुरी प्रहार गर्ने नाति महेश सुवेदी फरार रहेकाले खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

Adv footer