
बिर्तामोड, असार १२ । इलामको इलाम नगरपालिकास्थित साँखेजुङमा सडक दुर्घटना हुँदा झापा मेचीनगरका एकजना युवा घाइते भएका छन् ।

दुर्घटनामा झापा मेचीनगर-७ इटाभट्टाका ३८ वर्षीय शुक्रराज लिम्बू रहेका छन् । उनी पाँचथरबाट मोटरसाइकलमा घर फर्किने क्रममा दुर्घटनामा परेका हुन् ।

स्थानीयबासी मनकुमार बराइलीका अनुसार आज दिउँसो ११ः३० बजेतिर इलाम-१ साँखेजुङ नेपालटार, मेची राजमार्गमा पाँचथरबाट इलामतर्फ आउँदै गरेको प्र १–०१–००१ख ४१८९ नम्बरको ट्रकलाई सोही दिशाबाट इलामतर्फ आउँदै गरेको मे. ९ प १७६२ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा ट्रकको पछाडिको भागमा मोटरसाइकल ठोक्किएको हो ।

उनलाई उपचारको लागि जिल्ला अस्पताल इलाम लगिएको छ । ट्रक चालक मेचीनगर ११ बस्ने ३३ वर्षीय महेन्द्र बास्कोटा र ट्रक अस्थायी प्रहरी बिट नेपालटारको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
