
बिर्तामोड, असार १५ । शैक्षिक हबका रुपमा विकास हुँदै गरेको पूर्वको प्रमुख सहर झापाको बिर्तामोडमा मिसन युएसए एजुकेसन कन्सल्टेन्सीको दुईवटा शाखा सञ्चालनमा आएको छ ।


विशेषगरी उच्च शिक्षा अध्ययनका लागि अमेरिका जाने विद्यार्थीलाई काउन्सिलिङ गर्दै आएको मिसन युएसएले बिर्तामोडमा दुईवटा शाखा सञ्चालनमा ल्याएको हो ।

सन् २००८ मा काठमाडौँको डिल्लीबजारमा स्थापना भएको यो कन्सलटेन्सीमा अहिले पनि झापाका २५ जना विद्यार्थी अध्ययनका लागि अमेरिका जाने प्रक्रियामा छन् ।

सञ्चालक सञ्जय घिमिरेका अनुसार झापाबाट सोधपुछ गर्ने विद्यार्थीको संख्या बढेसँगै बिर्तामोडमा एकैपटक दुईवटा शाखा सञ्चालनमा ल्याइएको हो ।
बिर्तामोडका व्यवसायी कमल सिग्देलको नेतृत्वमा दुईवटा शाखा सञ्चालनमा आएको बताइएको छ । बिर्तामोडका दुईसँगै चितवन, बानेश्वर र पुतलीसडकमा कन्सलटेन्सीका शाखा सञ्चालनमा छन् ।


कन्सल्टेन्सीले हालसम्म १० हजारभन्दा बढी विद्यार्थीलाई काउन्सिलिङ गरिसकेको जनाएको छ । त्यसमध्ये अध्ययनका लागि अमेरिका जाने प्रक्रिया सुरु गरेका ६०० मध्ये लगभग ३०० जना विद्यार्थी सफल भइसकेको जानकारी घिमिरेले दिए ।
