
बिर्तामोड, असार १५ । झापा बिर्तामोडको गोमेन्द्र बहुमुखी महाविद्यालयले दीक्षान्तसहित विद्यार्थीलाई विदाई गरेको छ । महाविद्यालयले शनिबार बिर्तामोडमा एक कार्यक्रमका बीच बिबिए र बिसिए आइटीका विद्यार्थीलाई दीक्षान्तसहित विदाई गरेको हो ।


विद्यालयले बिबिएका ३५ जना र बिसिएका ३६ जना गरी ७१ जना विद्यार्थीलाई दीक्षान्तसहित विदाई गरेको छ । महाविद्यालयका संस्थापक अध्यक्ष गणेशप्रसाद खनालको अध्यक्षतामा भएको कार्यक्रममा हिसान झापाका अध्यक्ष तथा आस्था कलेज दमकका प्राचार्य टेकनाथ भण्डारीको प्रमुख आतिथ्य रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि भण्डारी, क्याम्पसका संस्थापक अध्यक्ष खनाल, संस्थापिका बुध खनाल, क्याम्पस प्रमुख डा.रुपकप्रसाद खनाल, सहायक क्याम्पस प्रमुख सरु भूर्तेल खनालले विद्यार्थीलाई विदाई गरेका थिए ।

सहायक क्याम्पस प्रमुख सरु भूर्तेलले गरेको कार्यक्रममा क्याम्स प्रमुख डा. खनालले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रममा विद्यार्थीहरुले क्याम्पसलाई धन्यवाद दिएका थिए ।
कार्यक्रमको सञ्चालन क्याम्पसका शिक्षक शेखर पाण्डेले गरेका थिए । सोही कार्यक्रमका बीच बिद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए ।



कार्यक्रममा एक्सेल बैंकका सिइओ डा. इन्द्रकुमार कट्टेलको विशिष्ट आतिथ्य रहेको रहेको थियो भने एक्सेल बैंकको एचआर हेड श्यामबहादुर बोहोराको विशेष आतिथ्य रहेको थियो । कार्यक्रममा विद्यार्थी, अभिभावक, बिभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।
