२०८२ असार १७ मंगलबार
Jhapa Today
Adv top

गायनमा प्रिय बन्दै बिर्तामोडका अभिजित


बिर्तामोड, असार १५ । इलामको सुर्योदय नगरपालिकास्थित सुन्तले भन्ने सानो गाउँमा जन्मिएका अभिजित अधिकारी हाल झापाको बिर्तामोडमा बसोबास गर्दै आएका छन् ।

नेपालको इतिहासमै सर्वाधिक पुरस्कार राशी भएको लोकप्रिय गायन रियालिटी शो मेरो भ्वाइस युनिभर्स सिजन २ मा आफ्नो उत्कृष्ट प्रस्तुतिबाट सबै नेपालीको मन जितिरहेका छन् ।

लोकगीत विशेष राउन्डमा दमदार प्रस्तुति दिएका अभिजित टप १६ बाट टप १४ मा पर्न सफल भएका छन् । भीडभाडयुक्त प्रतिस्पर्धामाझ आफूलाई उभ्याउन सफल भएका उनले पूर्वी नेपालको समृद्ध सांस्कृतिक विविधता गीतमार्फत उजागर गर्ने प्रयास गरेको बताउँछन् ।

लोक विशेष भाग ‘पूर्वै रमाइलोसँग अझ विशेष बन्यो । दमक, बिर्तामोड, इटहरी, विराटनगरदेखि इलामसम्मको हरियाली, विविधता र रौनक गीतमा समेट्ने प्रयास गरेँ,’ उनले भने, ‘शब्दमा ‘सुन्तले’ उच्चारण नगरे पनि ‘इलाम’ नाम समावेश गरेर, मनभरि गाउँ बोकेर गाएको थिएँ ।’

पूर्वी नेपालको माटो र सांस्कृतिक आत्मालाई स्वरमा मिसाएर गाउने अभिजितको यो यात्रा गाउँको धरातलदेखि राष्ट्रिय पहिचानतर्फको यात्रा बनेको छ ।

गीतका सर्जक गौरव दर्पणप्रति उनले विशेष सम्मान प्रकट गरेका छन् । अभिजित हाल बिर्तामोडमा बसोबास गर्दै आएका छन् ।

Adv footer