

भद्रपुर, असार १६ । २०८१ को माध्यमिक शिक्षा परीक्षाको नतिजाअन्तर्गत भद्रपुर नगरपालिकामा ग्यालेक्सी इङलिस स्कुलले सबैभन्दा उत्कृष्ट रिजल्ट ल्याएको छ ।


भद्रपुर नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका अनुसार भद्रपुर ९ मा रहेको ग्यालेक्सीबाट सहभागीमध्ये ९१.२५ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । ग्यालेक्सीबाट २३ जनामध्ये २१ जना विद्यार्थी ग्रेडेड थिए ।

त्यस्तै, प्रज्ञा एकेडेमीबाट ९०.७२ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । प्रज्ञा भद्रपुर नगरमा दोस्रो उत्कृष्ट नतिजा ल्याउने विद्यालय भएको छ । प्रज्ञाबाट ९७ जनामध्ये ८८ जना विद्यार्थी ग्रेडेड भए । प्रज्ञाकी मिनुकुमारी दास कर्णले ४ जिपिए ल्याइन् ।

त्यस्तै, ज्ञान सरोबारबाट ८४.६१ प्रतिशत विद्यार्थी ग्रेडेड भएको शाखाले जनाएको छ । शिशु निकेतनबाट ८२.५८ प्रतिशत, विभूति विद्या मन्दिरबाट ८१.४८ प्रतिशत र सेन्ट कुजुरबाट ८० प्रतिशत ग्रेडेड भएका छन् ।
त्यस्तै, ग्रिन फिल्डबाट ७६.९२ प्रतिशत, इस्ट प्वान्टबाट ७३.९१ प्रतिशत, ब्राइट स्टारबाट ७२.७२ प्रतशित र मेरी गोल्डबाट ७१.४३ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् ।


त्यस्तै, सामुदायिकतर्फ वीरेन्द्र माविबाट सबैभन्दा उत्कृष्ट ५५.१३ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । त्यस्तै, सरस्वती माविबाट ४७.३६ प्रतिशत र हिमाली माविबाट ३९.६२ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् ।

भद्रपुरमा आठवटा सामुदायिक, एउटा धार्मिक र २० वटा निजी गरी २९ वटा विद्यालयका विद्यार्थीहरू एसइइ परीक्षामा सामेल भएका थिए ।