२०८२ साउन १ बिहीबार
Jhapa Today
Adv top

मेचीनगरमा सिटी सफारी दुर्घटनामा कडरियाको मृत्यु


बिर्तामोड, असार २१ । झापाको मेचीनगरमा भएको सडक दुर्घटनामा एकजनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनको उपचारको क्रममा मृत्यु भएको हो ।

मेचीनगर १० ढाडचोकस्थित भित्री सडक खण्डमा महामती फर्निचर उद्योगबाट नागरडुब्बातर्फ जाँदै गरेको तीनचक्के विद्युतीय सवारी साधन सिटी सफारी अनियन्त्रित हुँदा दुर्घटना भएको हो ।

आज बिहान ०९ः३० बजे भएको दुर्घटनामा मेचीनगर–११ बस्ने ३२ वर्षीय राज कडरियाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते कडरियाको बिएन्डसी अस्पताल बिर्तामोडमा १०ः०५ बजे मृत्यु भएको चिकित्सकले घोषणा गरेका थिए ।

कडरियाले चलाएको प्रदेश १–०१–००२ ह ७१०५ नम्बरको सिटी सफारी आफैँ अनियन्त्रित भएको हो । सिटी सफारीमा यात्रु नभएको प्रहरीले जनाएको छ ।

Adv footer