
बिर्तामोड, असार २१ । झापाको भद्रपुरमा पौडी खेल्ने क्रममा डुबेर एकजना बालकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।


जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा भद्रपुर-२ महारानीचोक बस्ने अर्जुन लिम्बूको छोरा १३ वर्षीय अर्पण लिम्बू रहेका छन् ।


आज दिउँसो ३ बजे भद्रपुर-३ स्थित देउनिया खोला र मेची खोलाको दोभानमा साथीहरुसँग पौडी खेल्न गएको लिम्बू डुबेर बेपत्ता भएका थिए ।


स्थानीय प्रहरी चौकी किच्चकबधको प्रहरी टोली र स्थानीयबासीहरुको सहयोगमा खोजतलास गर्दा ४ः२५ बजे लिम्बूको शव भेटिएको थियो ।
घटनाबारे थप अनुसन्धान जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी अधिकृतको टोली घटनास्थालतर्फ गएको झापाका प्रहरी प्रवक्ता डिएसपी खगेन्द्रबहादुर खड्काले बताए ।

