२०८२ असार २१ शनिबार
Jhapa Today
Adv top

मेची राजमार्गको धाइजनमा दुर्घटना हुँदा एकजनाको मृत्यु, आमाछोरी घाइते


बिर्तामोड, असार २१ । झापाको मेचीनगरस्थित मेची राजमार्गमा सडक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा झापा अर्जुनधारा–११ का ३४ वर्षीय भीमबहादुर सार्की रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनामा बुद्वशान्ति–३ का ४९ वर्षीया निर्मला विक र उनकी छोरी १७ वर्षीया दिपा विक रहेका छन् ।

आज साँझ सवा ५ बजे मेचीनगर–१२ माथिल्लो धाइजनस्थित मेची राजमार्गमा चारआलीबाट बुधबारेतर्फ जाँदै गरेको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको तीनचक्के अटो आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

प्रदेश १–०१–००२ ह ५५७१ नम्बरको अटो र विपरीत दिशाबाट आउँदै गरेको मे. ८ प. ८०३ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक सार्कीको उपचारको क्रममा मृत्यु हो ।

सार्कीको उपचारको क्रममा बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा पौने पाँच बजे मृत्यु भएको हो । त्यस्तै, अटोमा रहेका दुई यात्रु आमाछोरी विक घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घाइते आमा निर्मलाको चारआलीस्थित बिएन्डके पोलिक्लिनिकमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको छ । छोरी दिपाको हात सामान्य चोट लागेकोले क्लिनिकमा भर्ना गरिएको छैन ।

प्रहरीले अटो चालक बुद्वशान्ति–१ का ४० वर्षीय युवराज घिमिरे, अटो र मोटरसाइकललाई नियन्त्रणमा लिएर प्रहरी चौकी चारआलीमा राखेको जनाएको छ ।

Adv footer