२०८२ असार २२ आइतबार
Jhapa Today
Adv top

बिर्तामोडको तक्षशिला स्कुललाई दुईवटा अन्तर्राष्ट्रिय सम्मान


बिर्तामोड, असार २२ । झापाको बिर्तामोडमा रहेको तक्षशिला प्रोगेसिभ इङग्लिस स्कुलले थाइल्यान्डको राजधानी बैंककमा हालै आयोजित विश्व स्कुल शिखर सम्मेलन २०२५ (वल्र्ड स्कुल समिट) मा दुईवटा अन्तर्राष्ट्रिय उत्कृष्ट सम्मान प्राप्त गरेको छ ।

शैक्षिक उत्कृष्टता, बालमैत्री र सक्षम नेतृत्वमार्फत रुपान्तरणकारी शिक्षामा पुर्‍याएको योगदानका लागि तक्षशिलाले दुईवटा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको हो ।

समग्र शिक्षामा उत्कृष्ट विद्यालय र मन्टेश्वरी शिक्षामा उत्कृष्ट विद्यालय विधामा तक्षशिलालाई पुरस्कृत गरिएको जनसम्पर्क अधिकारी प्रमिस गिरीले जानकारी दिए ।

ती पुरस्कारहरु स्कुलकी कार्यकारी निर्देशक डक्टर अञ्जली कार्की प्रसाईं र प्रबन्ध निर्देशक डक्टर निराजन प्रसाईलांई नेतृत्वकर्ताको रुपमा प्रदान गरिएको थियो ।

विद्यालयका शैक्षिक निर्देशक डक्टर भिक्टर इग्नेसियस जोसेफ र मन्टेश्वरी निर्देशक सीमा जोसेफले बैंककमा पुरस्कार ग्रहण गरेको गिरीले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

पुरस्कारहरुले प्रगतिशील शिक्षण पद्धति, मूल्यमा आधारित शिक्षाा र बालकेन्द्रित मण्टेश्वरी अभ्यासमार्फत बहुआयमिक विद्यार्थीहरुलाई विकसित गर्न विद्यालयले गरेको प्रयासलाई विश्वव्यापी मान्यता प्रदान गरेको जनाइएको छ ।

डक्टर भिक्टर इग्नेसियस जोसेफले २३ वर्षभन्दा धेरै शैक्षिक नेतृत्व र अन्तर्राष्ट्रिय शिक्षाको अनुभव लिइसकेको बताइएको छ ।

अन्तर्राष्ट्रियस्तरको शिक्षामा अवार्ड प्राप्त गर्न विद्यालय सफल भएको भन्दै शिक्षक, विद्यार्थी, अभिभावक लगायत सबैलााई विद्यालयले धन्यवाद दिएको छ ।

Adv footer