२०८२ असार २४ मंगलबार
Jhapa Today
Adv top

दमक भ्यु टावरको जग्गाबारे अख्तियारमा उजुरी


बिर्तामोड, असार २४ । दमक नगरपालिका-३ मा निर्माणाधीन १८ तले भ्यु टावर परियोजनामा सार्वजनिक जग्गा निजी कम्पनीलाई अनियमित रूपमा दिइएको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

दमक-५ का सञ्चारकर्मी तथा स्थानीय नागरिक अबिन मेयाङबोले टंगालस्थित अख्तियार कार्यालयमा उजुरी दर्ता गराउँदै तत्काल छानबिनको माग गरेका हुन् ।

उनका अनुसार ‘माँ पञ्चकन्या हाउजिङ प्रालि’ नामक कम्पनीलाई सार्वजनिक प्रयोजनको नाममा नगरपालिकाले २०७३ सालतिर करिब ४ बिघा १८ कट्ठा ७ धुर जग्गा प्रदान गरेको थियो ।

यद्यपि, अहिले कम्पनीले दुई बिघा सापटी लिएको दाबी गर्दै फिर्ता माग गरेको र बाँकी २५ कट्ठाबापत क्षतिपूर्ति माग गरिरहेको उजुरीमा उल्लेख छ ।

मेयाङबोले कुनै औपचारिक प्रक्रिया वा स्वीकृत मापदण्ड बिना जग्गा प्रदान गरिएको भन्दै कम्पनीले सो जग्गा प्लटिङ गरी बेच्ने प्रयास गरिरहेको र नगरपालिकालाई बजार मूल्यमा क्षतिपूर्तिका लागि दबाब दिएको दाबी गरेका छन् ।

उनले नगरपालिका र कम्पनीबीच कुनै आधिकारिक सम्झौता फेला नपरेको तर कम्पनीले २०७५ सालमा मौद्रिक सम्झौता भएको भन्दै धम्कीपूर्ण ढंगले स्वामित्वको दाबी गरिरहेको उल्लेख गरेका छन् ।

सार्वजनिक सम्पत्तिको दुरुपयोग भएको भन्दै उनले तत्काल कागजात संकलन गरी छानबिन गर्न अख्तियारसमक्ष माग गरेका छन् ।

Adv footer