२०८२ असार २५ बुधबार
Jhapa Today
Adv top

रोटरी क्लब काँकरभिट्टाको अध्यक्षमा श्रेष्ठ


बिर्तामोड, असार २५ । रोटरी क्लब अफ काँकरभिट्टाका अध्यक्ष उदयकुमार श्रेष्ठ नेतृत्वले पदभार ग्रहण गरेका छन् । क्लबको १६ औँ अध्यक्षको रुपमा सन् २०२५–२६ का लागि श्रेष्ठले पद ग्रहण गरेका छन् ।

रोटरीका डिस्ट्रिक गभर्नर विनोद कोइरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहभागी जोन ३८ का असिस्टेन्ट गर्भनर निकिता गिरीले श्रेष्ठलाई क्लबको चार्टर सर्टिफिकेट, प्रेसिडेन्ट कलर, ग्यबल र गन प्रदान गरेकी थिइन् ।

कार्यक्रममा जोन ३८ का असिस्टेन्ट गर्भनर निकिता गिरी, क्लबका पूर्वअध्यक्ष एवम् मेचीनगर नगरपालिकाका निवर्तमान नगरप्रमुख विमल आचार्य, पिडिजी डक्टर पिजुसकान्त रोय, मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल लगायतले शुभकामना व्यक्त गरेका थिए ।

अध्यक्ष श्रेष्ठका अनुसार क्लबको प्रेसिडेन्ट इलेक्टमा लक्ष्मीदेवी खनिया र प्रेसिडेन्ट नोमिनीमा कृष्णराज पौडेललाई चयन गरिएको छ ।

श्रेष्ठ नेपाल एसोसिएसन अफ टुर्र एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) कोशी प्रदेशका पूर्वअध्यक्ष हुन् भने उनी पर्यटन व्यवसायीको रुपमा दुई दशकयता सक्रिय छन् ।

क्लबको प्रथम उपाध्यक्षमा युवराज भट्टराई, द्वितीय उपाध्यक्षमा शरद खनाल, सचिवमा रविन सुवेदी, कोषध्यक्षमा कृष्णकान्त खनिया, सहसचिवमा दुर्गाबहादुर लुइँटेल छन् ।

त्यस्तै, क्लब एडमिनिस्ट्रेसन चियरमा रोहितकुमार बुढाथोकी, मेम्बरसिप कमिटी चियरमा रिता प्रधान, पब्लिक इमेज चियरमा भगिरथ राई छन् ।

त्यस्तै, सर्भिस प्रोजेक्ट चियरमा दिपेन्द्रराज पाण्डे, रोटरी फाउन्डेसन चियरमा मोहन निरौला, युथ सर्भिसमा पेमा तामाङ, सरजेन्ट एट आम्र्समा सुजन प्रधान चयन भएका छन् ।

Adv footer