
बिर्तामोड, असार २५ । झापाको बाह्रदशीमा भएको भारतीय नम्बर प्लेटको मोटरसाइकल र नेपाली नम्बर प्लेटको स्कुटर ठोक्किँदा दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


प्रहरीका अनुसार मृत्यु हुने दुवैजना चालक रहेका छन् । उनीहरुको उपचारको क्रममा प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएको हो ।


मोटरसाइकल चालकको पहिचान खुल्न सकेको छैन । अर्का मृतक स्कुटर चालक कचनकवल-३ बस्ने ६० वर्षीय श्रीप्रसाद राजवंशी रहेका छन् ।


उनीहरुको पौने ५ बजे प्रादेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
त्यस्तै, स्कुटरको पछाडि रहेका मृतक श्रीप्रसादको बुहारी २७ वर्षीया उर्मिला राजवंशी र उर्मिलाका छोरा ३ वर्षीय आयुष राजवंशी गम्भीर घाइते भएका छन् ।


उनीहरुलाई उपचारको लागि बिएन्डसी अस्पलाल बिर्तामोड ल्याइएको छ । प्रहरीका अनुसार उनीहरु दुवैको अवस्था गम्भीर रहेको छ । उनीहरु बोल्न नसक्ने अवस्थामा छन् ।

आज दिउँसो ३ः४० बजे बाह्रदशी-१ खयरबारीको भित्री सडक खण्डमा राजगढबाट कुटीतर्फ जाँदै गरेको बिआर ३७ एजेड ६४४० नम्बरको मोटरसाइकल र विपरीत दिशावाट आउँदै गरेको प्र.१–०१–०१६ प ९२७० नम्बरको स्कुटर ठक्कर खाएका थिए ।

