बिर्तामोड, असार २६ । झापाको मेचीनगरमा पैनीमा डुबेर एकजना व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ ।


मृत्यु हुनेमा मेचीनगर-५ सीताराम टोल बस्ने ३७ वर्षीय उत्तम सुब्बा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।


सुब्बा हिजो राति ८ः३५ बजे घरदेखि ३०० मिटर दक्षिणमा रहेको पैनीमा डुबेर मृत अवस्थामा भेटिएको प्रहरीको भनाइ छ ।


घटनाबारे जानकारी प्राप्त भएपछि थप अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी टोली खटिएको छ ।