बिर्तामोड, असार २६ । झापाको बिर्तामोडमा हिजो राति भएको सडक दुर्घटनाका मृतक र दुर्घटना गराउने सवारी साधनका चालकको पहिचान खुलेको छ ।


बिर्तामोड–२ रामचोकस्थित सडकछेउमा हिजो राति १०ः४५ बजे भएको दुर्घटनामा मृत्यु हुने व्यक्ति सप्तरीको सुरुङ्गा नगरपालिका वडा नम्बर १ का ३८ वर्षीय रामबहादुर भुजेल रहेको छन् ।


त्यस्तै, सवारी साधन भने बा. ५ ख ६८०३ नम्बरको हायस रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । साथै, चालक मकवानपुर थाहा ७ बस्ने २७ वर्षीय रोशन तामाङलाई नियन्त्रणमा लिइएको छ ।


प्रहरीका अनुुसार तामाङलाई आज दिउँसो काँकरभिट्टास्थित बसपार्कबाट नियन्त्रणमा लिएर अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा राखिएको छ ।
हिजो राति भुजेललाई उपचारको लागि बिर्तासिटी अस्पताल पठाएकोमा अस्पतालमा पुर्याउनासाथ डाक्टरले जाँच गर्दा मृत्यु भइसकेको जनाएका थिए ।

