२०८२ असार ३० सोमबार
Jhapa Today
Adv top

झापाका प्रसाईंको घरबाट साढे १५ लाखको गहना चोरी


बिर्तामोड, असार ३० । दक्षिणी सीमावर्ती क्षेत्र झापा गाउँपालिकाका एकजना स्थानीयको घरबाट सुन र चाँदीका गहना चोरी भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार झापा गाउँपालिका वडा नम्बर ६ प्रसाईंचोकका लक्ष्मी प्रसाईंको घरबाट सुन र चाँदीका गहना चोरी भएको हो ।
चोरको समूहले ताला फुटाएर घरको दराजभित्र रहेको ७ तोला ११ आना सुन, १९ तोला चाँदी चोरेको प्रसाईंले बताए । उनका अनुसार अन्दाजी १५ लाख ३८ हजार बराबरको गरगहना चोरी भएको हो ।

शनिबार विदाको दिन घरमा कोही नभएको अवस्थामा घरको मुख्यद्वारको ताला फुटाएर चोरी भएको हो । प्रसाईं स्थानीय एक आधारभूत विद्यालयका प्रधानाध्यापक हुन् ।

प्रसाईंले चोरीको घटनाबारे प्रहरी चौकी शरणामतीमा जानकारी गराएपछि चोरीमा संलग्न व्यक्तिको खोजतलास एव अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Adv footer