२०८२ असार ३० सोमबार
Jhapa Today
Adv top

जिएम कलेज र कानुनी व्यवसायीबीच बिए एलएलबीका विषयमा अन्तरक्रिया


बिर्तामोड, असार ३० । झापाको भद्रपुरमा नेपाल बार एसोसिएसन झापा र जिएम कलेजबीच अन्तरक्रियात्मक कार्यक्रम भएको छ । जिएम कलेज बिर्तामोड र कानुन व्यवसायीबीच आज अन्तरक्रिया भएको हो ।

नेपाल बार एसोसिएसन झापाका अध्यक्ष वसन्त नेपालको अध्यक्षतामा भएको अन्तरक्रियात्मक कार्यक्रममा बिर्तामोडको जिएम कलेजले सञ्चालन गर्न लागेको बिए एलएलबीका विषयमा छलफल गरिएको गोमेन्द्र बहुमुखी महाविद्यालयका प्राचार्य डक्टर रुपकप्रसाद खनालले जानकारी दिए ।

कार्यक्रममा जिएम कलेजले सञ्चालन गर्न लागेको बिए एलएलबी कार्यक्रमका सम्भावना, चुनौती तथा सफलतालगायत विभिन्न विषयमा कानुन व्यवसायीले आआफ्नो धारण राखेका थिए ।

कार्यक्रममा वरिष्ठ अभिवक्ता अशोककुमार पोखरेल, हरि अधिकारी, कुलप्रसाद दाहाल, लेखराज निरौलाले कलेजले सञ्चालन गर्न लागेको बिए एलएलबीका विषयमा शुभकामनासहित शैक्षिक गुणस्तरमा जोड दिन आग्रह गरेका थिए । कार्यक्रममा ४३ जना कानुन व्यवसायीको उपस्थिति रहेको थियो ।

कानुन व्यवसायीहरुले राखेको जिज्ञासालाई कलेजको तर्फबाट डक्टर खनाल, जिएम कलेज अफ लका संयोजक विकास कोइराला र शिक्षक विमल राजवंशीले प्रस्ट पारेका थिए ।

कार्यक्रमको सहजीकरण संयोजक विकास कोइरालाले नै गरेका थिए । जिएम कलेज बिर्तामोडले यसै शैक्षिक सत्रदेखि बिए एलएलबी कार्यक्रम सञ्चालन गर्न लागेको कलेजले जनाएको छ ।

जिएम कलेजकी प्राचार्य सरु भुर्तेल खनालले स्वागत गरेको कार्यक्रमको औचित्यमाथि डक्टर खनालले प्रस्ट पारेका थिए ।

Adv footer