२०८२ असार ३१ मंगलबार
Jhapa Today
Adv top

कनकाईका दुई फरार कारोबारी ब्राउन सुगरसहित पक्राउ


बिर्तामोड, असार ३१ । लागुऔषधसम्बन्धी मुद्दा लागेर भागिरहेका झापा कनकाईका दुईजना फरार प्रतिवादी लागऔषधसहित पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार उनीहरुविरुद्ध सात महिनाअघि झापा जिल्ला अदालतले कैद र जरिवाना फैसला गरेको थियो । तर, उनीहरु पक्राउ पर्नबाट भागिरहेका थिए ।

पक्राउ पर्नेहरुमा कनकाई-४ बस्ने २९ वर्षीय मुस्ताक अन्सारी र कनकाई ३ बस्ने २४ वर्षीय सलिम आलम रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उनीहरुलाई हिजो साँझ ५ः५० बजे इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट प्रहरी वरिष्ठ नायव निरीक्षक राधाकृष्ण दाहालको टोलीले कनकाई-३ ह्याप्पी ल्यान्डबाट पक्राउ गरेको हो ।

उनीहरुसँगै कनकाई-३ बस्ने २१ वर्षीय सुनिल यादव पनि पक्राउ परेका छन् । उनीहरुको साथबाट प्लास्टिकसहितको ६१० मिलिग्राम ब्राउन सुगर पनि बरामद भएको छ ।

झापा जिल्ला अदालतको गत मंसिर ९ गतेको फैसलाले मुस्ताक अन्सारीलाई ९ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।

त्यस्तै, झापा जिल्ला अदालतको सोही मितिको फैसलाले सलिम आलमलाई २ महिना २५ दिन कैद र ५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।

Adv footer