२०८२ असार ३१ मंगलबार
Jhapa Today
Adv top

नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा ढकालको सहयोग


बिर्तामोड, असार ३१ । नारी सञ्चार गृहले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा बिर्तामोड–१ निवासी शिला ढकालले नगद सहयोग गरेकी छन् ।

जन्मदिनको अवसर पारेर ढकालले कोषमा आज नगद २१ हजार एक सय एक रुपैयाँ सहयोग प्रदान गरेकी हुन् । ढकालले यसअघि पनि संस्थालाई नगद सहयोग गरेकी थिइन् ।

ढकालले नारी सञ्चार गृह झापाकी अध्यक्ष स्वस्तिका आचार्य लगायत कार्यसमितिलाई रकम हस्तान्तरण गर्दै सञ्चारकर्मीहरूको उपचारमा सहयोग पुगोस् भन्ने सामाजिक उत्तरदायित्वको भावना राखेर रकम प्रदान गरेको बताइन् ।

सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाका अध्यक्ष आचार्यले ढकालप्रति आभार प्रकट गर्दै विशेष दिनलाई रचनात्मक कार्यमार्फत अर्थपूर्ण बनाएको भन्दै प्रशंसा गरिन् ।

कोषमा हालसम्ममा ५३ लाख ५० हजार रुपैयाँ रकम संकलन भइसकेको छ । गृहको अध्यक्ष आचार्य भएपछि कोषमा पहिलोपटक रकम प्राप्त भएको हो ।

Adv footer