२०८२ असार ३२ बुधबार
Jhapa Today
Adv top

अर्जुनधाराकी गंगा राई मृत्यु प्रकरणः चारजनामाथि आत्महत्या दुरुत्साहन मुद्दा


बिर्तामोड, असार ३२ । प्रहरीले झापा अर्जुनधाराकी गंगा राईको मृत्यु प्रकरणका सम्बन्धमा चारजनामाथि आत्महत्या दुरुत्साहन मुद्दामा कारबाही अगाडि बढाएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सामुहिक कुटाईबाट मृत्यु भएको पुष्टि नभएपछि उनीहरुमाथि आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरिएको हो ।

असार २४ गते राति अर्जुनधारा-४ भाङबारी घर भई हाल शनिश्चरे क्याम्पसनजिक प्रकाश गिरीको घरमा डेरा गरेर बस्ने २२ वर्षीया राईको मृत्यु भएको थियो ।

सो घटनाका सम्बन्धमा भोजपुर रामप्रसाद राई गाउँपालिका वडा नम्बर ६ बैकुण्ठे घर भई अर्जुनधारा-८ बस्ने विश्व चौधरीको घरमा डेरा गरेर बस्ने ३१ वर्षीय रमेश भुसाल, उनकी श्रीमती ३२ वर्षीया सुस्मिता भुसाल, सोही ठाउँ बस्ने ५४ वर्षीया मैया भनिने डम्बरकुमारी श्रेष्ठ र २४ वर्षीया मेनुका पाँचकोटेलाई पक्राउ गरी आत्महत्या दुरुत्साहनको मुद्दा दायर गरिएको हो ।

असार २५ गते पक्राउ परेका उनीहरुमाथि अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका डिएसपी विजय श्रेष्ठले जानकारी दिए ।

Adv footer