२०८२ साउन २ शुक्रबार
Jhapa Today
Adv top

अर्जुनधारामा मदिरा खाएर झगडा हुँदा एकजना घाइते, अर्का पक्राउ


बिर्तामोड, साउन २ । प्रहरीले मादक पदार्थ खाएर आपसमा झगडा गर्ने एकजनालाई पक्राउ गरेको छ । झगडामा घाइते भएका अर्का एकजनालाई अस्पताल भर्ना गरिएको छ ।

झापाको अर्जुनधारामा मध्यरातमा मदिरा खाएर विवाद भएपछि धकेल्दा झापाको बुद्धशान्ति–१ लाप्सेटारका ३० वर्षीय राजु घतानी घाइते भएका छन् ।

हिजो राति ११ः४५ बजे अर्जुनधारा–२ लाप्सेटारस्थित दानाबारी–बेल्टार खानेपानी आयोजनाको निर्माणाधीन ट्यांकीका कामदार बुद्धशान्ति १ का २९ वर्षीय अजय ल्वागुन र सोही ठाउँ बस्ने ३० वर्षीय घतानीबीच विवाद भएको थियो ।

दुबैजना सोही ट्यांकी छेउमा रहेको क्वार्टरको भान्साघरभित्र मादक पदार्थ सेवन गरिरहेको अवस्थामा एकआपसमा विवाद भएको थियो । ल्वागुनले घतानीलाई धकेल्दा भान्साको भित्तामा राखेको स्टिलको चक्कुमा लागेको थियो ।

कुमको पछाडिको भागमा घोचेर घाइते भएका घतानीलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड ल्याइएको छ । कुटपिट गर्ने ल्वागुनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।

Adv footer