२०८२ साउन २ शुक्रबार
Jhapa Today
Adv top

बिर्तामोडमा करेन्ट लागेर विद्युत कर्मचारी पाण्डेको मृत्यु


बिर्तामोड, साउन २ । झापाको बिर्तामोडमा ट्रान्सफर्मर जडान गर्ने क्रममा करेन्ट लागेर एकजना विद्युत कर्मचारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुने अर्जुनधारा-४ भाङबारीका ३५ वर्षीय दिपक पाण्डे रहेका छन् । उनको उपचारको क्रममा मृत्यु भएको हो ।

आज दिउँसो २ः२० बजे बिर्तामोड-२ को पश्चिम बसस्ट्यान्डमा रहेको बिजुलीको ट्रान्सफर्मर जोड्ने क्रममा पाण्डेलाई अचानक करेन्ट लागेको थियो ।

उनलाई बिर्तामोडस्थित विद्युत कार्यालयका अर्का कर्माचारीले उपचारका लागि बिएन्डसी अस्पताल बिर्तामोडमा उपचारका लागि भर्ना गरेका थिए ।

पाण्डेको ३ बजे सोही अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Adv footer