२०८२ साउन ५ सोमबार
Jhapa Today
Adv top

आदर्शका विद्यार्थीलाई तीन दिने अभिमुखीकरण


बिर्तामोड, साउन ५ । होटल म्यानेजमेन्ट अध्ययानका लागि सुविधा सम्पन्न झापाको बिर्तामोडमा रहेको आदर्श स्कुल अफ म्यानेजमेन्टले नयाँ शैक्षिकसत्रमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई अभिमुखीकरण गराएको छ ।

स्कुलले तीन दिने ओरियन्टेसनको दोस्रो चरण पूरा गरेको हो । एसइइ पास भएर नयाँ भर्नामा आएका विद्यार्थीलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

पहिलो चरणमा ५० जना भन्दा बढी विद्यार्थीलाई ओरियन्टेसनमा पहिलो दिन साथीसँग घुलमिल हुने, समूह कार्य, व्यक्तिगत सौन्दर्य, हेरचाह तथा विद्यालयबारेको विभिन्न जानकारी गराइएको थियो ।

साथै, उनीहरुलाई पहिलो दिन मनोरञ्जन, नाटक प्रदर्शन गरिएको, दोस्रो दिन पाँच तारे होटल किङ्सबेरीका खाना तथा प्रशासनलगायत किचन, रेस्टुरेन्टको अवलोकन गराइएको थियो ।

त्यस्तै, ओरियन्टेसनको तेस्रो दिन प्रकृतिबारे बुझ्न इलामको स्वामी पार्क, गुगल पोइन्ट लगायतका पर्यटकीय तथा रमणीय स्थानको भम्रण गराइएको कलेजले जनाएको छ ।

५०–५० जना गरी दुइ पटकको अभिमुखिकरणमा आदर्श कलेजका विद्यार्थी भर्ना प्रमुख तथा विभिन्न तालिम सहजकर्ता दिपक दास, कलेजका विभिन्न विभाग प्रमुखहरु डेजिका कार्की, प्रवेश खनाल, अंकिता पराजुलीले नयाँ विद्यार्थीलाई अभिमुखीकरण गराएको कलेजका तालिम बिभाग प्रमुख दासले जानकारी दिए ।

Adv footer