
बिर्तामोड, साउन ५ । कफी पिउने संस्कृति बढ्दै गइरहेको बेला झापाको बिर्तामोडको भद्रपुररोडमा नयाँ कफी सप सञ्चालनमा आएको छ । क्याफे सोल नामको कफी सप आजबाट विधिवत सञ्चालनमा आएको हो ।


भद्रपुररोडस्थित विद्युत प्रधिकरण अगाडि रहेको क्याफे सोलको आज उद्घाटन भएको छ । कतारमा बसेर पुष्प व्यवसाय गर्दै आएका स्थापित व्यवसायी विष्णु कार्की, मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङ, व्यवसायीहरु नविन बिमली, सजेश शिवकोटीले क्याफे सोलको उद्घाटन गरे ।

बिर्तामोडकी युवा व्यवसायी अनिसा गुरुङले सञ्चालनमा ल्याएको क्याफेमा कफी र बेकरीका परिकारहरु उपलब्ध हुनेछन् । त्यस्तै, ग्रिन टिको माच्छालाई प्राथमिकतामा राखिएको छ ।

कफीको दानालाई हातले ग्राइन्ड गरेर स्वादअनुसारको म्यानुअल कफी पाउनुका साथै ग्राहकको मागबमोजिम विभिन्न कफी उपलब्ध गराइने गुरुङले बताइन् ।

त्यस्तै, क्याफे सोलमा १२ देखि २४ घण्टासम्म समय लगाएर बनाइएको सिग्नेचरअन्तर्गतको कोल्ड ब्रु कफी पनि उपलब्ध रहेको बताइएको छ । करिब ५५ लाख रुपैयाँको लगानी क्याफे सञ्चालनमा आएको हो ।

यसैबीच, क्याफेसँगै जोडिएको टिसो वेयर पनि आजबाट सञ्चालनमा आएको छ । क्याफे उद्घाटनसँगै टिसो वेयरको पनि उद्घाटन गरिएको छ ।

बिर्तामोडकी सुनिता गुरुङले ३० लाख रुपैयाँको लगानीमा सञ्चालनमा ल्याएको टिसो वेयरमा महिलाका लागि विभिन्न फेन्सी तथा ट्रेन्डिङका कपडाहरु उपलब्ध छन् ।

त्यस्तै, महिलाका लागि जुत्ता, ब्याग जस्ता सामग्रीहरु टिसो वेयरमा रहेको सञ्चालक गुरुङले जानकारी दिइन् । पछिल्ला डिजाइनका कपडालाई प्राथमिकता दिएर बिक्रीका लागि राखिएको बताइएको छ ।