२०८२ साउन ६ मंगलबार
Jhapa Today
Adv top

हल्दिबारीमा आगलागी हुँदा ओली परिवारका चारजना घाइते


बिर्तामोड, साउन ६ । झापाको हल्दिबारी गाउँपालिकास्थित एक घरमा आगलागी हुँदा परिवारका चारजना घाइते भएको झापा प्रहरीले जनाएको छ ।

घाइते हुनेमा हल्दिबारी-४ का ६० वर्षीय पुण्यप्रसाद ओली, उनका ३३ वर्षीय सन्तोष ओली, बुहारी ३२ वर्षीया अनिता ओली र छोरा २० वर्षीय आर्यन ओली रहेका छन् ।

जिल्ल प्रहरी कार्यालय झापाका अनुसार उनीहरुको शरीरको विभिन्न भागमा सामान्य पोलेको छ भने अवस्था सामान्य रहेको छ । उनीहरुलाई विराटनगर लगिएको छ ।

आगो निभाउने क्रममा घाइते भएका उनीहरुलाई ओमसाई पाथिभारा अस्पताल भद्रपुरमा सामान्य उपचारपछि थप उपचारको लागि विराटनगर रिफर गरिएको हो ।

ओलीको इँटाले बनेको ३ तले पक्की घरको दोस्रो तल्लाको भान्सा कोठामा रोटी पकाउने क्रममा ग्यासबाट आज बिहान ८ः४० बजे भान्सा कोठामा आगलागी भएको हो ।

घरको भान्सा कोठामा आंशिक क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगो बिहान ९ः१५ बजे नियन्त्रणमा आएको थियो ।

Adv footer