२०८२ साउन ७ बुधबार
Jhapa Today
Adv top

बिर्तामोडको सुँगुर फर्ममा सिक्किमका मगर मृत भेटिए


बिर्तामोड, साउन ७ । झापाको बिर्तामोडमा रहेको एउटा सुँगुर फर्ममा काम गर्ने भारतीय नागरिक मृत भेटिएका छन् । उनको शव आज बिहान भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भारत सिक्किम घर भएका ६५ वर्षीय डम्बरबहादुर मगरको शव फर्मभित्रै ओछ्यानमा भेटिएको थियो ।

मगर बिर्तामोड-६ शुभ बिहानी टोलमा रहेको सरोज लावतीले सञ्चालन गरेको सुँगुर फर्ममा केही वर्षयता काम गर्दै आएका थिए ।
उनका आफन्तहरु भारतको सिक्किममै बसोबास गर्दै आएको बुझेपछि प्रहरीले आफन्तहरुलाई जानकारी गराउनेतर्फ पहल भइरहेको जानकारी दिएको छ ।

प्रहरीका अनुसार मगरको शवको पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ । घटनाबारे इलाका प्रहरी कार्यालय बिर्तामोडबाट अनुसन्धान भइरहेको छ ।

Adv footer