२०८२ साउन ७ बुधबार
Jhapa Today
Adv top

वैदेशिक रोजगार व्यवसायी संघ झापाद्वारा एक लाख पाँच हजारको महावीरको पुस्तक खरिद


बिर्तामोड, साउन ७ । वैदेशिक रोजगार व्यवसायी संघ झापाले राष्ट्रिय आविष्कार केन्द्रलाई एक लाख पाँच हजार रूपैयाँ सहयोग गरेको छ । संघले १४० वटा पुस्तक खरिद गरेको छ ।

वीरगञ्ज कृषि औजार कारखाना पुनः सञ्चालन गर्न डा. महावीर पुनले आफ्नो जीवनी पुस्तक बिक्री गर्न सञ्चालन गरेको अभियानमा वैदेशिक रोजगार व्यवसायी संघ झापाले एक सो रकमबराबरको पुस्तक खरिद गरेको हो ।

वैदेशिक रोजगार व्यवसायी संघ झापाका अध्यक्ष धनबहादुर पन्धाकले संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको जानकारी दिए । उनले आफूहरूको सहयोगले वीरगञ्ज कृषि औजार कारखाना पुनः सञ्चालन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुनले १५ महिनाअघि अभियान सञ्चालन गरेको र ४३ औँ जिल्लाको रूपमा झापा आएको बताए ।

आफूले आफ्नो आत्मकथा २ लाख २० हजार पुस्तक बिक्री गरेको र हालसम्म खर्च कटाएर ११ करोड जम्मा गरेर वीरगञ्ज कृषि औजार कारखाना मर्मत गरी नयाँ कृषि औजार बनाउन सुरू गरी परिक्षण समेत गरेको जनाए ।

आफूहरूले किसानको दुःख देखेर पुस्तक बेचेर भए पनि वीरगञ्ज कृषि औजार कारखाना चलाउने हिम्मत गरेको बताउँदै उनले वैदेशिक रोजगार व्यवसायी संघ झापाले गरेको सहयोग महत्वपूर्ण भएको जनाए ।

कार्यक्रमको सञ्चालन वैदेशिक रोजगार व्यवसायी संघ झापाका महासचिव नीरकुमार खत्री निरनले गरेका थिए ।

रकम हस्तान्तरण कार्यक्रममा संघका प्रथम उपाध्यक्ष राजन सिलवाल, द्वितीय उपाध्यक्ष प्रकाश राईलगायत पदाधिकारी तथा कार्य समिति सदस्यहरुकोसमेत सहभागिता रहेको थियो ।

वैदेशिक रोजगार व्यवसायी संघ झापाको नयाँ कार्यसमिति निर्वाचित भएसँगै संस्थागत कार्यसहित सामाजिक उत्तरदायित्वअन्तर्गत रक्तदानलगायतका सामाजिक तथा मानवीय कार्य समेत गरिरहेको वैदेशिक रोजगार व्यवसायी संघ झापाका प्रवक्ता ओमप्रकाश भट्टराईले जानकारी दिए ।

Adv footer