
बिर्तामोड, साउन ७ । अभिनय क्षेत्रमै सक्रियता बढाइरहेका पूर्वेली कलाकार भुवन खड्का अभिनीत नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । सामाजिक घटनालाई समेटेर निर्माण गरिएको यस सेन्टिमेन्टल गीतमा खड्काले जीवन्त अभिनय प्रस्तुत गरेका छन् ।

पूर्वमा बसेर निरन्तर अभिनय यात्रालाई अघि बढाइरहेका खड्काले यसअघि दर्जनौँ म्युजिक भिडियो, चलचित्र र टेलिसिरियलहरूमा अभिनय गरिसकेका छन् । यसपटकको भिडियोमा कौशिला राजवंशी र मनिषा विश्वकर्माले अभिनयमा साथ दिएका छन् ।

गीतका शब्द प्रकाशकला श्रेष्ठले लेखेकी हुन् भने डिम्पल अधिकारीको सुमधुर स्वर रहेको छ । कम्पोज काव्य रेकर्ड स्टुडियो दमकले गरेको हो भने अशोक थापाको संगीत संयोजन रहेको छ ।

भिडियोको निर्देशन अशोक लाखेले गरेका हुन् । छायांकन सोम मग्राती, सम्पादन मुहारसिंह थापा मगर (मुहा क्रिएटिभ स्टुडियो मङ्गलबारे) र शृंगार सुमन मग्राती रहेका छन् ।

गीतकी निर्मातासमेत रहेकी प्रकाशकला श्रेष्ठका अनुसार म्युजिक भिडियोले दर्शकको मन जित्ने विश्वास रहेको छ । पछिल्लो समय समाजमा भइरहेका यथार्थ घटनालाई गीतमार्फत दर्शाउने प्रयास गरिएको छ ।

पूर्वमा बसेर निरन्तर सिर्जना र अभिनयमा लागिरहेकै कारण झापा दमकका खड्का पछिल्ला दिनहरूमा निर्माताहरूको रोजाइमा पर्न थालेका छन् । भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको छ र छोटो समयमै राम्रो प्रतिक्रिया पाइरहेको छ ।
