२०८२ साउन ७ बुधबार
Jhapa Today
Adv top

दमकबाट बेपत्ता नाबालिका सिलिगुडीमा भेटिइन्, आमाले छोडेर गएको भिडियोमा प्रस्ट


बिर्तामोड, साउन ७ । झापाको दमकबाट एक साताअघि बेपत्ता नाबालिका भारतको पश्चिम बंगालस्थित सिलिगुडीमा भेटिएकी छन् । नाबालिका सिटी सेन्टरनजिकै भेटिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

दमकबाट सौतेनी आमासहित बेपत्ता नाबालिका सिलिगुडी भारतमा एक्लै भेटिएको जानकारी पाएपछि उनका बुवा मनोज शाह छोरी लिन भारत पुगेका छन् । बालिकालाई भारतीय प्रहरीले उद्धार गरेर आश्रयस्थलमा राखेको छ ।

अढाइ वर्षकी सौतेनी छोरी लिएर बेपत्ता भएकी झापा दमकका शाहकी श्रीमती शोभाकुमारीले सिलिगुडीमा नाबालिका छोडेर भागेको सिसी टिभी भिडियोमा देखिएको हो ।

झापाको दमक-१ सैनिकचोकबाट २८ वर्षीया शोभाकुमारी असार ३२ गतेदेखि घरैबाट बेपत्ता भएकी हुन् । नाबालिका दुई दिनकी हुँदा उनकी आमाको मृत्यु भएको थियो ।

मनोजले ९ महिनाअघि भारतको बिहारमा पर्ने मुज्जफरपुरबाट दोस्रो श्रमतीको रुपमा शोभाकुमारीलाई बिहे गरेर ल्याएका थिए ।

छोरीसहित बेपत्ता बनेकी शोभाकुमारीको खोजीका लागि मनोजले साउन १ गते इलाका प्रहरी कार्यालय दमकमा हुलियासहितको निवेदन दिएका छन् ।

प्रहरी कार्यालयले उनको खोजी भइरहेको जानकारी गराएको छ । बेपत्ता दुबैजनाको तस्वीरसहित सरकारका सम्बन्धित निकायमा विवरण पठाएर खोजतलास गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

Adv footer