२०८२ साउन ७ बुधबार
Jhapa Today
Adv top

गौरादहमा घाँस काट्ने क्रममा करेन्ट लाग्दा बृद्धाको मृत्यु


बिर्तामोड, साउन ७ । झापाको गौरादहमा घाँस काट्ने क्रममा करेन्ट लाग्दा एकजना बृद्धाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा गौरादह नगरपालिका वडा नम्बर ७ गच्यामारी निवासी अन्दाजी ७७ वर्षीया तेजकुमारी उप्रेती रहेकी छन् ।

आज साँझ घाँस काट्ने क्रममा मेसिनमा करेन्ट सर्ट हुँदा उप्रेतीको घटनास्थलमै मृत्यु भएको जिल्ल प्रहरी कार्यालय झापाले जनाएको छ ।

Adv footer