२०८२ साउन ९ शुक्रबार
Jhapa Today
Adv top

नास्तामा दूधसँगै अन्डा खाँदा कस्तो असर हुन्छ ?


बिर्तामोड, साउन ८ । कतिपय मानिसले आफ्नो स्वास्थ्यलाई फिट राख्नका लागि नास्तामा दुधसँगै अन्डाको सेवन गर्ने गर्छन् । बच्चालाई पनि दूध र अन्डा सँगै दिने धेरैको बानी हुन्छ । आउनुहोस् दूध र अन्डा खाँदा कस्तो असर हुन्छ यसबारेमा जानौँ ।

दूध र अन्डा एक साथ बिहान सेवन गर्न सकिन्छ । यसले शरीरमा जमेको अतिरिक्त बोसोलाई कम गर्न पनि सहयोग गर्छ ।

दूध र अन्डा साथमा खानु कतिपयका लागि भने हानिकारक पनि हुन सक्छ । त्यसैले, विशेषज्ञहरुको राय लिएर मात्र यसलाई साथमा सेवन गर्नु उपयोगी हुन्छ ।

दूध र अन्डामा कैयौँ प्रकारका पोषक तत्वहरु पाइन्छन् । जसले कपाल झर्न पनि कम गर्न सक्छन् । साथमा यसले कपाललाई स्वस्थ बनाउँछ ।

यी दुवैमा राम्रो मात्रामा प्रोटिन पाइन्छ । यस्तोमा दूध र अन्डा खाँदा मांसपेशीहरु पनि बलियो हुन्छन् ।
दिनभर आफ्नो मुड राम्रो बनाइ राख्नका लागि दूध र अन्डा खाने गर्नुहोस् । यो स्ट्रेस कम गर्न पनि सहयोगी हुन्छ ।

Adv footer