२०८२ साउन १० शनिबार
Jhapa Today
Adv top

कनकाईमा शिवसताक्षीका शिवाकोटीको शव !


बिर्तामोड, साउन ८ । झापाको कनकाई नगरपालिकास्थित जंगलमा एकजना व्यक्ति मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । शव सुरुंगा बांगे बजारको छेउमा भेटिएको हो ।

पूर्वपश्चिम राजमार्गदेखि दक्षिणपट्टि आज बिहान ५ः३० बजेतिर बाटो किनारमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार सो शव शिवसताक्षी-११ घर भई हाल कनकाई-४ मा बस्दै आएका ६० वर्षीय का चन्द्र शिवाकोटीको भएको पहिचान खुलेको छ ।

कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ । अविवाहित रहेका शिवाकोटीले रंग लगाउने काम गर्दै आएका थिए । उनले अत्यधिक मादक पदार्थ सेवन गर्ने गरेको बताइएको छ ।

Adv footer