बिर्तामोड, साउन ९ । प्रहरीले झापाको मेचीनगरमा डग स्नापिङमार्फत लागुऔषध कारोबारी र सेवनकर्तालाई लागुऔषधजन्य औषधिसहित नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार प्रहरी हिजो राति मेचीगर ९ का विभिन्न टोलबाट तीनजनालाई पक्राउ गरेको हो । उनीहरु कोरोबारी र सेवनकर्ता हुन् ।

पक्राउ पर्नेमा मेचीनगर-९ झोडाका २४ वर्षीय रोशन डाँगी, २२ वर्षीय अर्जुन दर्जी र लीलाबस्तीका २८ वर्षीय रविन राजवंशी रहेको प्रहरीले जनाएको छ ।

डाँगी सानै उमेरदेखि लागुऔषध सेवनकर्ता हुन् भने उनी यसअघि पनि पक्राउ परेर जेल बसिसकेका मानिस हुन् । उनी अहिले कारोबारी भएको प्रहरीको भनाइ छ ।

उनीहरुलाई हिजो साँझ कोशी प्रदेश प्रहरी कार्यालय केनाइन शाखा, धरानबाट खटिएको प्रहरी कुकुरको टोली नियन्त्रणमा लिन सहयोग गरेको हो ।

प्रहरीले मेचीनगर-९ को झोडा, लीलाबस्ती, खुट्टिडाँगी क्षेत्र र मेचीनगर-१० को पाथिभरा टोल, खयरडाँगी, दनुवार बस्तीमा डग स्नापङि गरेको प्रहरीले जनाएका छ ।

प्रहरीले डाँगीको साथबाट ट्रमाडोल ६८ क्याप्सुल र राजवंशीको साथबाट ब्राउन सुगर एक ग्राम १९० मिलिग्राम बरामद गरेको र उनीहरुमाथि अनुसन्धान भइरहेको जनाएको छ ।