२०८२ साउन १० शनिबार
Jhapa Today
Adv top

पूर्वका केही ठाउँमा हल्का वर्षा


बिर्तामोड, साउन ९ । पूर्वका केही ठाउँमा गएराति हल्कादेखि मध्यम वर्षा भएको छ । झापा, इलाम, सोलुखुम्बु, सङ्खुवासभा, ताप्लेजुङलगायत ठाउँमा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार आज केही ठाउँमा आज मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना  छ । एक/दुई स्थानमा भने अलि ठूलो पानी पर्ने सम्भावना छ । 

वाग्मती र गण्डकी प्रदेशका एक/दुई स्थानमा ठुलो पानी पर्ने पूर्वानुमान रहेको महाशाखाले जनाएको छ । 

बाग्मतीसहित गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा बाँकी भूभागका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आजराति कोशी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

कोशीसहित तराई र मधेशका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । 

हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा छ ।

Adv footer