२०८२ साउन ११ आइतबार
Jhapa Today
Adv top

सानो माई खोलामा डुबेर बृद्धको मृत्यु


बिर्तामोड, साउन ११ । झापाको झापा गाउँपालिका १ स्थित सानो माई खोलामा डुबेर एकजना बृद्धको मृत्यु भएको छ ।

चार दिन अघिदेखि बेपत्ता भएका झापा गाउँपालिका १ सितुमारी बस्ने ८१ वर्षीय भीमबहादुर भुजेल आज बिहान सानो माई खोलामा डुबेको अवस्थामा मृत फेला परेका हुन् ।

उनी साउन ७ गते घरमा पालेको सुँगुरको लागि डोको लिएर पिँडालुको बोट काट्न निस्किएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घर नफर्किएपछि खोजी गर्ने क्रममा आज बिहान ९ बजे मृतकका भान्जा बुद्धराज राईले शव फेला पारेका थिए ।

डोकोदेखि करिब ५० मिटर टाढा भुजेलको शव फेला परेको हो । त्यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Adv footer