२०८२ साउन १२ सोमबार
Jhapa Today
Adv top

सहरेडाँगीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु


बिर्तामोड, साउन १२ । झापाको मेचीनगरस्थित चारआली बुधबारे सडक खण्डको सहरेडाँगीमा जिपले ठक्कर दिँदा एकजना पैदलयात्रीको मृत्यु भएको छ ।

मेचीनगर–१२ सहरेडाँगीमा सवारी साधनको ठक्करबाट पहिचान नखुलेका एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

हिजो साँझ ७ः३० बजे मेचीनगर–१२ सहरेडाँगीस्थित मेची राजमार्गमा इलामबाट चारआलीतर्फ आउँदै गरेको मे. १ च ६१३१ नम्बरको स्कोरपियोले उनलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते अन्दाजी ४५ वर्षका ती पुरुषको उपचारको क्रममा बिएन्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।

अस्पताल ल्याएको केही समयमै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । मृतकको शव सोही अस्पतालतमा रहेको छ ।

पैदलयात्रीलाई ठक्कर दिएर भागेका स्कोरपियो र त्यसका चालक हल्दिबारी गाउँपालिका–१ का ४८ वर्षीय गजेन्द्रबहादुर बिष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Adv footer