बिर्तामोड, साउन १३ । झापाको कचनकवलमा मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर एकजना कृषकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हिजो राति घरनजिकै रहेको सिँचाइको मोटरमा तार जोड्ने क्रममा करेन्ट लागेर ५० वर्षीय अरूण राजवंशीको मृत्यु भएको हो ।

कचनकवल-७ सीतागढी टोल राजवंशीको घटनास्थालमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र खड्काले जनाकारी दिए ।


घटनाबारे थप अनुसन्धान भइरहेको छ भने लास पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ ।
