
बिर्तामोड, साउन १५ । नेवाः देय् दबू झापा जिल्ला कार्यसमितिको आयोजना तथा नेवाः देय् दबू बिर्तामोड नगर समिति र नेवाः मिसा दबू झापा जिल्ला कार्यसमितिको सहआयोजनामा गाईजात्रा उत्सव तथा लाखे प्रतियोगिता हुने भएको छ ।

कार्यक्रम झापाको बिर्तामोडमा यही साउन २४ गते हुने भएको हो । झापामा पहिलोपटक गाईजात्रा उत्सव तथा लाखे प्रतियोगिताको आयोजना गरिएको कार्यक्रम संयोजक नेवाः देय् दबूका कोशी प्रदेश निवर्तमान अध्यक्ष ईन्द्रबहादुर श्रेष्ठले बताए ।

कार्यक्रममा ख्यातिप्राप्त कवि तथा कलाकारहरूले व्यङ्ग्यात्मक साहित्यिक कार्यक्रम गर्ने र त्यसपछि लाखे प्रतियोगिता गरिने उनले बताए । लाखे प्रतियोगिताको प्रथमलाई १० हजार, द्वितीयलाई ७ हजार, तृतीयलाई ५ हजार र सान्त्वनालाई जनही एक हजार पुरस्कार दिइने उनले बताए ।


कार्यक्रममा नेवाः देय् दबू झापा जिल्ला कार्यसमितिका अध्यक्ष यामबहादुर श्रेष्ठले स्वागत गरेका थिए । कार्यक्रममा प्रचारप्रसार संयोजक ओमप्रकाश श्रेष्ठले कार्यक्रमको तयारीबारे सहभागीहरुलाई जानकारी गराएका थिए ।

कार्यक्रममा नेवाः देय् दबू झापा जिल्ला कार्यसमितिका निवर्तमान अध्यक्ष भरत श्रेष्ठले गाईजात्राको इतिहासबारे जानकारी गराउँदै नेवारी धर्म परम्परा संस्कार संस्कृतिको संरक्षण गर्न बिर्तामोडमा गाईजात्रा उत्सव तथा लाखे प्रतियोगिताको आयोजना गरिएको बताए ।
