
बिर्तामोड, साउन १८ । झापाको कचनकवल गाउँपालिकाको स्वमित्वमा रहेको एउटा मोटरसाइकल सीमावर्ती भारतीय बजारमा देखिएको छ । मोटरसाइकलमा नियमविपरीत तीनजना चढेका छन् ।

कचकवल गाउँपालिका-५ का वडा सचिव दिनेशकुमार गणेशले प्रयोग गर्दै आएको सरकारी नम्बरको मोटरसाइकल शनिबार भारत बिहार किसनगन्ज जिल्लास्थित कादोगाउँमा देखिएको हो ।

वडा सचिव गणेशले आफ्नो नाता पर्नेलाई भारत छाड्न मोटरसाइकल प्रयोग गरेको बताइएको छ । उनले यसअघि पनि कानुनविपरीत मोटरसाइकल चलाउने गरेको पाइएको छ ।


कार्यालय समयबाहेक तथा सार्वजनिक बिदाका दिन सरकारी सवारीसाधन चलाउनुपर्ने भए जिल्ला प्रशासन कार्यालयको अनुमित पत्र लिनुपर्ने कानुनी प्रावधान रहेको छ । तर, वडा सचिवले कानुनको ठाडो उल्लंघन गरेको यो तस्बिरले प्रस्टाएको छ ।

नेपालको कानुनअनुसार सरकारी नम्बर प्लेटको सवारीसाधन भारत लैजान पाइँदैन । तर, जिल्लाका सीमा नाकाहरूमा सरकारी सवारीसाधनको जनप्रतिनिधि र कर्मचारीले चरम दुरुपयोग गर्दै आइरहेको पाइएको छ ।
