
बिर्तामोड, साउन १८ । अविरल वर्षा भइरहेका बेला झापाको कचनकवलमा जंगली हात्तीले पाँचवटा घर भत्काएको प्रहरीले जनाएको छ । जंगली हात्तीले घर र पसल भत्काउनुका साथै खाद्यान्न खाएर क्षति गरेका छन् ।
जलथलको चारकोशे जङ्गलबाट शनिबार मध्यरातमा निस्केका चारवटा हात्तीले कचनकवल–६ लालबाबु खत्री (कैलाश) को घर अगाडि राखेको घुम्तीको ढोका भत्काएर एक बोरा मकै, चक्लेट खानुका साथै सामान छरपस्ट पारिदिएको छ ।
त्यस्तै, सोही ठाउँका लक्ष्मण टुडूको टाटी बेरा भएको भान्सा घर, नारायण बरालको गाईगोठ, राम दाहालको भान्सा घर र सञ्जु दाहालको भान्सा घर भत्काएको प्रहरीले जनाएको छ ।ब

 
            

 
    
     
    
     
    
     
    
     
    
     
    
    
 

 
    