२०८२ साउन १८ आइतबार
Jhapa Today
Adv top

भद्रपुर साइकल समाजको अध्यक्षमा श्रेष्ठ, साइक्लोथोन-२०८२ हुने


भद्रपुर, साउन १८ । भद्रपुर साइकल समाजको अध्यक्षमा जीवनकुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । समाजको प्रथम साधारणसभाले श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो ।

११ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा जितेन्द्रकुमार शर्मा, सचिव प्रवेश न्यौपाने, कोषाध्यक्ष देवीबहादुर श्रेष्ठ, सहसचिव सुजित राई र सदस्यहरुमा बेनामहाङ योङहाङ, युवराज लावती, मुकेशकुमार दाहाल र उज्ज्वल श्रेष्ठ रहेका छन् ।

भद्रपुर झापा गोल्डकपको सचिवालय मेची रंगशालामा सम्पन्न साधारणसभाले यसअघि गठित तदर्थ समितिलाई नै कार्यसमितिमा सर्वसम्मत चयन गर्दै विनियम २०८२ अनुसार थप दुईजना सदस्यहरु शर्मिला अधिकारी र प्रभा आचार्य ढकाललाई निर्वाचित गरेको छ ।

साधारणसभामा मेची–महाकाली साइकल राइडरहरु मनोज सिंह र श्वेता श्रेष्ठलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि भद्रपुर झापा गोल्ड कपका अध्यक्ष दिपेश ढकाल, वडा अध्यक्षज्यूहरु बन्धु कार्की, गौरव सुब्बा, अभिषेक ढुंगाना, लायन्स प्रतिनिधि शर्मिला अधिकारीले मन्तव्य राखेका थिए ।

साधारणसभामा भद्रपुरमा वडा नम्बर ५ र भद्रपुर नगरपालिकाको सहयोग तथा भद्रपुर साइकल समाजको व्यवस्थापनमा प्रथम भद्रपुर साइक्लोथोन–२०८२ आयोजना गरिने जानकारी दिइएको थियो ।

कोषाध्यक्ष देवीबहादुर श्रेष्ठले आयव्यय प्रतिवेदन र संस्था स्थापनादेखि गरिएका र भएका कार्यक्रमहरु समेटिएको संस्थागत प्रतिवेदन सचिव प्रवेश न्यौपानेले प्रस्तुत गरेका थिए ।

साधारणसभामा स्वागत मन्तव्य उपाध्यक्ष जितेन्द्रकुमार शर्माले गरेका थिए भने सभाको अध्यक्षता समाजका अध्यक्ष जीवनकुमार श्रेष्ठले गरेका थिए ।

Adv footer