
बिर्तामोड, साउन २० । प्रणामी व्यवसायी संघ नेपाल जिल्ला कार्यसमिति झापाको अध्यक्षमा टहलदास ओली निर्वाचित भएका छन् । श्रीकृष्ण प्रणामी मन्दिर कनकाई-४ मा झापाका ३९ वटा श्रीकृष्ण प्रणामी मन्दिर तथा सत्संग भवनहरुको केन्द्र माईधाममा भएको भेलाबाट ओली अध्यक्षमा निर्वाचित भएका हुन् ।


भेलाले उपाध्यक्षमा दिपक शिवाकोटी, गोविन्द कट्टेल, सचिवमा चेतन खतिवडा, सहसचिवमा दिनेश भट्टराई, कोषाध्यक्षमा मोहन अधिकारी र सहकोषाध्यक्ष दिपा खरेललाई निर्वाचित गरेको छ ।

त्यस्तै, सदस्यमा शंकरप्रसाद पाण्डे, श्यामकुमार बस्नेत, लय–पारसमणि कडरिया, हेमन्त ढकाल, टिकाराम उप्रेती, निर्मला गिरी, सावित्रा आचार्य पाण्डे निर्वाचित भएका छन् ।


श्रीकृष्ण प्रणामी सत्संग सेवा परिषद झापाको समन्वयमा भएको कार्यक्रममा झापाभरिका प्रणामी व्यवसायीहरुको प्रतिनिधिमुलक उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको संयोजन सत्संग सेवा परिषद झापाका सदस्य दिनोज बजगार्ईंले रहेका थिए ।

सत्संग सेवा परिषद झापाका अध्यक्ष विष्णु प्रसाईंको अध्यक्ष्यतामा भएको कार्यक्रममा श्रीकृष्ण प्रणामी सेवा समिति नेपालका केन्द्रीय सहकोषाध्यक्ष अर्जुन वाग्लेको प्रमुख आतिथ्यता र प्रणामी व्यवसायी नेपालका केन्द्रीय अध्यक्ष विष्णु वाग्लेको विशिष्ठ आतिथ्यता रहेको थियो ।

कार्यक्रममा कोशी प्रदेशसभा सदस्य सविना कट्टेल बजगाईं, प्रमुख अतिथि वाग्ले, विशिष्ठ अतथि वाग्ले, श्रीकृष्ण प्रणामी सत्संग झापाका अध्यक्ष विष्णु प्रसाईं, श्रीकृष्ण प्रणामी युवा परिषद नेपालका केन्द्रीय उपाध्यक्ष मदन अधिकारीले शुभकामना मन्तव्य राखेका थिए ।
