२०८२ साउन २१ बुधबार
Jhapa Today
Adv top

गौरादहमा करेन्ट लागेर एक महिलाको मृत्यु


दमक, साउन २१ । झापाको गौरादहमा एकजना कृषकको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । खेतमा सिँचाइँ गर्ने क्रममा उनलाई करेन्ट लागेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गौरादह-४ जोरघरेकी ५४ वर्षीया चन्द्रमाया नेम्वाङको करेन्ट लागेर मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु भएको थियो ।

उनका पति ललित नेम्वाङको पनि यसअघि नै मृत्यु भइसकेको प्रहरीले जनाएको छ । हिजो राति आफ्नै घरदेखि १० मिटर पूर्वउत्तरमा रहेको मोटर चलाउने क्रममा उनलाई करेन्ट लागेको थियो ।

आमा नआएपछि खोजी गर्दा छोरा २५ वर्षीय सुशील नेम्वाङले खेलमा आमा ढलिरहेको देखेका थिए । उनलै शव घरमा ल्याएर राखेका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Adv footer