२०८२ साउन २१ बुधबार
Jhapa Today
Adv top

माईधार-दुधे सडक खण्डको भालु खोलाको डाइभर्सन भत्किएपछि राजमार्ग अवरुद्ध


बिर्तामोड, साउन २१ । झापाको शिवसताक्षीस्थित भालु खोलामा बनाइएको डाइभर्सन भत्किएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । लगातारको वर्षाले निर्माणाधीन एसियन हाइवेअन्तर्गत डाइभर्सन भत्काएको हो ।

शिवसताक्षी-१० स्थित माईधार-दुधे सडक खण्डको भालु खोलामा ह्युमपाइप लगाएर बनाइएको डाइभर्सन खोलामा आएको पानीले छेउपट्टिको माटो कटान गरेपछि भत्किएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलका अनुसार आज बिहान करिब ५ः३० बजेदेखि सडक अवरुद्ध भएको छ । अहिले सडक खुलाउने काम भइरहेको छ ।

डाइभर्सन भत्किएपछि बाटोमा सवारीसाधनको आवतजावत पूर्णरुपमा अवरुद्ध भएको छ । बाटो अवरुद्ध भएपछि दर्जनौँ सवारीसाधन र सयौँ यात्रु अलपत्र परेका छन् ।

केही सवारीसाधनलाई वैकल्पिक बाटो हँुदै सञ्चालन गरिएको पौडेलले बताए । राजमार्ग दक्षिणपट्टि माईधारको भित्री गाउँ हुँदै सवारीसाधन सञ्चालन गरिएको छ ।

Adv footer