२०८२ साउन २१ बुधबार
Jhapa Today
Adv top

दमक बसपार्क जलमग्न !


दमक, साउन २१ । हिजो रातभर परेको पानीले झापाका धेरै ठाउँ डुबानमा परेका छन् । पानीको निकास नभएका सहरी क्षेत्रहरु डुबेका हुन् ।

झापाको बिर्तामोडको मुक्तिचोक क्षेत्रमा अहिलो बिहान मात्र पानीको सतह घटेको छ । त्यस्तै, अविरल वर्षाले आज बिहानसम्म पनि दमकको बसपार्क जलमग्न बनेको छ ।

वर्षातको पानी निकास नहुँदा वर्षा हुनासाथ बसपार्क क्षेत्र डुबान हुँदै आएको छ । बसपार्क क्षेत्रमा पानी जमेपछि यात्रुहरुलाई असहज भएको छ ।

Adv footer