२०८२ साउन २४ शनिबार
Jhapa Today
Adv top

बिर्तामोडबाट प्रतिबन्धित औषधिसहित पन्धाक पक्राउ


बिर्तामोड, साउन २२ । झापामा प्रहरीले प्रतिबन्धित औषधिको कारोबार गर्ने गिरोह खोजी गरिरहेको बेला बिर्तामोडबाट ट्रमाडोलसहित एकजना कोरोबारीलाई पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा बिर्तामोड-५ बस्ने ४६ वर्षीय राजेन्द्र पन्धाक रहेका छन् । उनका साथबाट २० हजार क्याप्सुल ट्रमाडोल बरामद गरिएको हो ।

पन्धाकले बिर्तामोड-५ कञ्चन टोलस्थित आफ्नो घरमा प्रतिबन्धित लागुऔषध/औषधि भण्डारण गरेको छ भन्ने विशेष सूचनाको आधारमा लागुओषध नियन्त्रण ब्युरो काँकरभिट्टा र बिर्तामोड प्रहरीले तलासी लिएका थिए ।

तलासीका क्रममा पन्धाकको घरको भुइँतलाबाट माथिल्लो तलामा जाने सिँढीमुनि लुकाएर राखेको अवस्थामा ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल आइपी ट्रामोल–५० लेखिएको २० हजार क्याप्सुल बरामद गरिएको छ ।

पन्धाकलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडमा राखेर थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Adv footer