२०८२ साउन २४ शनिबार
Jhapa Today
Adv top

इटहरीमा बसको ठक्करबाट बिर्तामोडका दुईजनाको मृत्यु


बिर्तामोड, साउन २४ । झापा बिर्तामोडका दुईजना युवाको इटहरीमा सडक दुर्घटनामा मृत्यु भएको छ । स्कुटरमा रहेका उनीहरुलाई बसले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

इटहरी प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा स्कुटर चालक बिर्तामोड-५ का २६ वर्षीय सुजन विक र पछाडि चढेका सोही ठाउँका २२ वर्षीय सुरज विक रहका छन् ।

आज बिहान ११ः२० बजे इटहरी उपमहानगरपालिका वडा नम्बर २० पानीपिया जंगलस्थित कोशी राजमार्गमा धरानबाट इटहरीतर्फ आउँदै गरेको को. २२ प २१२५ नम्बरको स्कुटर र इटहरीबाट धरानतर्फ जाँदै गरेको प्रदेश १ –०२–००२ ख ०४५५ नम्बरको बस एक आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा घाइते भएका उनीहरुलाई उपचारको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएकोमा उपचारका क्रममा आज दिउँसो १२ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्कुटर, बस र बस चालक उदयपुर बेलका-३ का २९ वर्षीय प्रेम मगरलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

Adv footer