२०८२ साउन २९ बिहीबार
Jhapa Today
Adv top

सामान्य बढ्यो सुनको मूल्य


बिर्तामोड, साउन २९ । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य बढेको छ । आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलामा एक लाख  ९६ हजार ८०० रुपैयाँ कायम भएको छ । बुधबार सुनको मूल्य एक लाख ९६ हजार ७०० रुपैयाँ थियो ।

यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा २ हजार ३२५ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा २ हजार ३४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

आज दश ग्राम सुनको मूल्य एक लाख ६८ हजार ७२५ रुपैयाँ र १० ग्राम चाँदीको मूल्य १ हजार २ हजार ६ रुपैयाँ रहेको छ ।

Adv footer