
भद्रपुर, साउन २९ । नेरुडे मिमिरे लघुवित्त वित्तीय संस्था चन्द्रगढी शाखाले मृतक सदस्यहरूलाई राहत तथा कर्जा मिनाहा गरेको छ ।

संस्थाले मृतक परिवारको घरमै पुगेर दुई परिवारलाई ४२ हजार राहत तथा ऋण मिनाहा गरिएको हो । उक्त राहत तथा कर्जा मिनाहा पाउने दुवै परिवार भद्रपुरका हुन् ।

भद्रपुर-३ बिमलधुराकी रिता खवासलाई उनको मृत्युपछि बुहारी उषा खवासलाई राहत रकम हस्तान्तरण गरिएको छ । वडा सदस्य रिता खड्काले खवासलाई रकम हस्तान्तरण गरेकी थिइन् ।

त्यस्तै, भद्रपुर-७ बिसमटोलका ताजु राजवंशीको मृत्यसपछि उनको परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ । वडा अध्यक्ष अभिषेक ढुङ्गानाले सो रकम हस्तान्तरण गरेका थिए ।

राहत वितरण कार्यक्रममा चन्द्रगढी शाखाका प्रबन्धक नरेश तेरुवा, रोजिना पौडेल, नवराज आचार्य, सविनकुमार चौधरीलगायतको उपस्थिति रहेको थियो ।

