२०८२ साउन ३१ शनिबार
Jhapa Today
Adv top

बाह्रदशीमा घाघ्रा खोलामा डुबेर एक बालिकाको मृत्यु


बिर्तामोड, साउन ३० । झापाको बाह्रदशीमा साथीहरुसँग पौडी खेल्न गएकी एकजना बालिकाको डुबेर मृत्यु भएको छ । उनीहरु घाघ्रा खोलामा पौडी खेल्न गएको थिए ।

जिल्ला प्रही कार्यालय झापाका अनुसार मृत्यु हुनेमा झापा बाह्रदशी-५ कालीदास टोलका दिलकुमारी राजवंशीको छोरी १५ वर्षीया झरना राजवंशी रहेकी छन् ।

राजवंशीको आज दिउँसो ३ बजे खोलामा पौडी खेल्ने क्रममा मृत्यु भएको हो । उनी गौरीशंकर मावि डाँगीबारीमा कक्षा १० मा पढ्ने आफ्ना आठजना साथीहरुसँग पौडी खेल्न गएकी थिइन् ।

राजवंशीका साथीहरुका अनुसार डाँगीबारी बजारनजिकै रहेको घाघ्रा खोलामा पौडी खेल्ने क्रममा पानीको बहाव बढी भएकोले घुमाउने दहमा उनी डुबेकी थिइन् ।

उनलाई पौडी खेलेको स्थानबाट करिब ३० मिटर दक्षिणमा झाडीमा अडकेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ ।

Adv footer